२६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं / स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार १५ हजार ९ सयले घटेको सुन आज २६ सय रुपैयाँले घटेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो। सुनको मूल्य घटेसँगै चाँदी पनि ओरालो लागेको छ। आज २५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ निर्धारण भएको छ।

    अघिल्लो दिन प्रतितोला चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

    सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको भाउ घटेको हो। सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

    सम्बन्धित खवर

    ताजा अपडेट

    नेत्रवाण ट्रेन्डिङ