काठमाडौं, जुलाई ५।
लायन वर्ष २०२५/०२६ को प्रारम्भसँगै “लायन्स क्लब अफ काठमाडौं बागमती युथ” ले जुलाई ५ मा औपचारिक रूपमा चार्टर प्राप्त गरी डिष्ट्रिक्ट ३२५ एल अन्तर्गत उक्त लायन वर्षको पहिलो क्लबको रूपमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। समाजसेवा, नेतृत्व विकास, वातावरणीय सरोकार, हंगर रिलिफ तथा मानवीय सहयोगमा योगदान पुर्याउने उद्देश्यसहित क्लबको स्थापना गरिएको हो।
क्लबको अध्यक्षमा लायन दिपा पौडेल लम्साल चयन हुनु भएको छ। प्रथम उपाध्यक्षमा लायन देबकृष्ण लम्साल, द्वितीय उपाध्यक्षमा लायन विष्णु भण्डारी, तथा तृतीय उपाध्यक्षमा लायन ई. साम्बेद ईटानी चयन भएका छन्। क्लबको सचिव लायन अम्बिका कँडेल अर्याल, कोषाध्यक्ष लायन मोनभ जी. लम्साल र सह–कोषाध्यक्ष लायन अनु खतिवडा हुनुहुन्छ। सञ्चार तथा प्रचारप्रसार जिम्मेवारी (पी.आर.ओ.) लायन सन्तोष बजगाईले सम्हाल्नु हुनेछ।


डिष्ट्रिक ३२५ एल (एम.डी. ३२५) अन्तर्गत गठन भएको क्लब लायन्स ग्लोबल एक्सटेन्सन टिम कोअर्डिनेटर लायन निरंजन लम्सालको नेतृत्वमा स्थापना भएको हो। क्लबलाई डिष्ट्रिकका फस्ट भाइस डिष्ट्रिक गभर्नर लायन तारा भूसालको होम क्लब “लायन्स क्लब अफ काठमाडौं म्याग्दी युथ” ले प्रायोजन (स्पन्सर) गरेको हो।
हाल डिष्ट्रिक गभर्नरको जिम्मेवारीमा निर्वाचित लायन एक नारायण शर्माले सम्हाल्नु भएको छ भने फस्ट भाइस डिष्ट्रिक गभर्नरमा निर्वाचित लायन तारा भूसाल, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नरमा निर्वाचित लायन तेज नारायण पराजुली निर्वाचित हुनु भएको छ। चिफ एडभाइजरमा निर्वाचित लायन डा. प्रेम बहादुर थापा तथा चिफ पिआरओमा निर्वाचित लायन केशव पौडेल हुनुहुन्छ।
नवगठित क्लबप्रति सम्पूर्ण लायन परिवार, शुभेच्छुक, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सफल कार्यकालका लागि शुभकामना तथा बधाई व्यक्त गरेका छन्। क्लबले सामाजिक रुपान्तरणमा सशक्त भूमिका खेल्ने विश्वास गरिएको छ।
















