इलाका प्रहरी कार्यालय बनेपा पुर्णनिर्माणअभियानमा विभिन्न व्यक्तिहरू र संस्थाबाट सहयोग

बनेपा, काभ्रे – इलाका प्रहरी कार्यालय बनेपा मा सुरु भएको सरसफाई तथा पुनर्निर्माण अभियानमा विभिन्न व्यक्ति र संस्थाले सहयोग पुर्‍याइरहेका छन्।
जेन्जी आन्दोलन को क्रममा पुर्ण रुपमा जलेर नस्ट भएको इलाका प्रहरी कार्यलय केबल भवन मा मात्र सिमित रहेको छ। उक्त भवनमा पुन प्रहरी को आगमन र सुरक्षालाई मध्यनजर मा राखेर स्थानिय ले सहयोग गरेका छ्न।

स्थानीय नृपेश बादे, रमेश शाही र महेश्वर थापा मगरले कम्प्युटर र प्रिन्टर प्रत्येक १ सेट उपलब्ध गराएका छन्। काभ्रे मा. वि.ले फलाम कराई १, डाडु १, पन्हु १, थाल १०, कचौरा २१, कटिङ बोर्ड १, खन्यु थाल ५, चक्कु १, गिलास १०, प्रेसर कुकर ५ लिटर १, ग्यास चुलो १ सेट र बाटा २ थान सहयोग गरेको छ।

क्लासिक टेक बनेपा शाखा प्रमुख निराजन रेग्मीले निशुल्क इन्टरनेट सुविधा दिएका छन् भने Global Tokya Pvt. Ltd.ले सिरक, दस्ना र तन्ना प्रत्येक ३० थान उपलब्ध गराएको छ। रामशरण हुमागाईले बिजुली बत्ती व्यवस्थापन गरेका छन्, प्रकाश भोछिभयाले खानेपानी धारा बनाएका छन् र राजकिरण तथा टिका नारायणले प्राविधिक सहयोग दिएका छन्।

अभियानमा प्रताप बैध र यशकुमार रन्जितको पनि बिशेश सहयोग गरेका छन्। साना–साना सहयोगले बनेपा प्रहरी कार्यालयलाई अझ स्वच्छ, व्यवस्थित र उपयोगी बनाउन मद्दत पुग्ने सहयोगी बताउछ्न।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ