बेथानचोक/ नेपाल नेपाल रेड्क्रस सोसाइटी काभ्रे शाखाले बेथानचोक गाउँपालिकामा बिद्यालयहरुमा खानेपानि,शौचालय निर्माण लगायतको कार्य गरे पनि जिल्ला शाखाका नेतृत्वमा भएको काम पारदर्शी नभएको स्थानियले गुनासो गरेका छन् ।
बेथानचोका उपशाखाका सचिव बेदप्रसाद तिमल्सीनाले जिल्ला कार्यसमितिले उपशाखासगँ सहकार्य गर्ने भनेतापनि उपशाखाका पदाधीकारीलाई समेत जनाकारी नदिई सभापतिले एकलौटी गरेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको समन्वयमा रेडक्रस सोसाईटि काभ्रे शाखाको सञ्चालनमा बाढी पहिरो पुनर्लाभ कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकाको वडा नं २ र ४ मा शौचालय र खानेपानी योजना पुनर्निर्माण गरेर हस्तारन्तरण गरेको भएपनि कहाँ के कति खर्च भएको त्यसको सार्वजनीक सुनुवाई नगरि जनतालाई गुमराहमा राखेको स्थानियहरु बताउँछन् ।
नेपाल रेडक्रस सोसाईटीले बिपदबाट क्षतिग्रस्त बेथान्चोक गाँउपालिका वडा नम्बर २ मा रहेको बालहित आधारभुत विद्यालय र जयराम आधारभुत विद्यालय,वडा नम्बर ४ मा रहेको गणेश आधारभुत विद्यालयमा शौचालय तथा हात धुने स्थान निर्माण कार्य कुनैपनि लेखाजोखा राखेको छैन् ।
निमार्ण सम्पन्न पश्चात नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले वडा नम्बर ४ मा ७ वटा खानेपानी योजना मर्मत तथा पुननिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरि रहँदा जिल्ला सभापति र कोषअध्यक्षको मिलोमतोमा आर्थिक हिनामिना भएको आशकां रहेको स्थानियहरु बताउँछन् । अहिले कामीखोरीयामा २९ घर र मुखीया टोलमा १४ घरलाई १ घर १ धारा वितरणको कार्यक्रम अन्तिम चरणमा पुगिरहदाँ यसमा पनि स्थानियले सार्वजनिक सुनवाइको माग गरेका छन् ।
बेथानचोक गाउँपलिका अर्न्तगत बिपद व्यवस्थापन केन्द्रित विभिन्न शिर्षकका योजना र कार्यक्रमबारे कुनैपनि जानकारी र समन्वय नभैकन सम्पन्न र हस्तान्तरण कार्य गरेको स्थानियको भनाई छ।कार्यसमितिलाई समेत जानकारी नदिई बाढीपहिरोबाट प्रभावित वास्तविक पीडितले राहत नपाएको अन्यले पनि पाएको सथानियहरु बताउँछन् ।
जिल्ला रेडक्रस सोसाईटी काभ्रे शाखाले प्राविधिक ईष्टमेट अनुसार योजना सम्पन्न भएको छ वा छैन वडाबाट ड्कुमेन्ट मात्र मिलाएर सिफारिस लिएर दाताहरुलाई पेश गरेको छ कि ? आर्थिक पारदर्शिता र शसासनलाई कुल्चदै नेपाल रेडक्रस सोसाईटीलाई काग्रेसक्रसको एउटा गुटको संज्ञा दिएका छन् ।
नेपाल रेड्क्रस सोसाइटी काभ्रे शाखाले निरंकुश शैलीमा सम्बन्धित,गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष बाहेक जनप्रतिनिधिहरुलाई जानकारी नगराई नेपाल रेड्क्रस सोसाइटीले शुसान र सामाजिक न्यायमाथि धज्जी उडाएको छ ।
यस बिषयमा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष एवं अनुगमन समितिको संयोजकलाई सम्पर्क गर्दा गाउपालिकामा अनुगमन समितिलाई कुनै जानकारी नभएको बताईन्।उनले आफुले पनि सामाजीक संन्जालमा फोटो देखेर जानकारी पाएको बताईन् ।
यस बिषयमा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका कोषध्यक्ष प्रेमबहादुर लामासगँ सम्पर्क गर्दा जिल्ला शाखाले उपशाखासगँ काम गर्न सहजीकरणको लागि समन्वय गरेर काम गरेको बताए ।










