“बाल्यकालमै भक्ति र संगीतमा गहिराे रूचि भएका : “संस्कार सापकोटा”

ज्यो. ध्रुवराज शास्त्री

पूर्वि नेपालकाे झापा जिल्ला बिर्तामोड नगरपालिका–५ बुद्धनगर टाेल निवासी पिता भरत सापकोटा र माता रत्ना सापकोटा ओझाका काेखबाट वि. स.२०७० साल साउन २३ गते जन्मिएका संस्कार सापकाेटा सानै उमेर देखि नेपाली संगितमा रूचि राख्ने विलक्षण कला भएका वाल प्रतिभा हुन । उनि सांगीतिक क्षेत्रमा उदाउँदो बाल कलाकारका रूपमा चिनिँदै  आएका छन् ।  उनि  हाल न्यूटन्स एजुकेशन एकेडेमी, बिर्तामोडमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।

सानै उमेरदेखि निजानन्द सम्प्रदाय अन्तर्गत श्रीकृष्ण प्रणामी धर्ममा दिक्षित  संस्कार सापकाेटाले आफ्नो सांगीतिक यात्रा भने  बिर्तामोडस्थित सनलाइट म्युजिक स्टुडियोबाट प्रारम्भ गरेका थिए। उक्त संस्थाबाट उनले चार वर्षसम्म वाद्ययन्त्र  तबलाकाे  आधारभूत तालिम लिएर निरन्तर तबलामा रूचि राख्दै आफ्नाे संगितयात्राकाे प्रारम्भ गरेका थिए । भने  अहिले पनि उनी शप्तक सङ्गीतालय, बिर्तामोड झापामा तबला र भोकल (गायन) दुवै विधामा संगठित रूपमा अभ्यास गर्दैछन्।

समाजमा आफ्नाे कलालाई प्रस्तुति देखाउने क्रममा संस्कारले छोटो समयमा विभिन्न प्रतियोगितामा उल्लेखनीय सफलता हात पारिसकेका छन्। यसै क्रममा वि.सं. २०८१ असार ८ गते बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रममा आयोजित एकल खुल्ला मादल प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरि पुरस्कृत भएका थिए । भने न्यूटन्स एजुकेशन एकेडेमी, बिर्तामोडले आयोजना गरेको Newton’s Idol 2081 प्रतियोगिताको गायनतर्फ समेत संस्कारले प्रथम स्थान प्राप्त गर्दै आफ्नो प्रतिभालाई अझ सशक्त रूपमा स्थापित गरेका छन्।

संस्कार सापकाेटा धार्मिक, सांगीतिक र साहित्यिक क्षेत्रका थुप्रै कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका  छन । एकपछि अर्काे प्रतिभा देखाउने क्रममा संस्कारले बाल्यकालदेखि नै  संगितकाे साधना, प्रतिभा र प्रस्तुतिलाई समुचित समन्वय गर्दै आफ्नो यात्रा अगाडि बढाइरहेका छन्।

अहिलेको युगमा  बाल्यकालकाे समय रमाइलोमा बिताउने कुनै विषयमा गाम्भिर्य भएर नलाग्ने समयमा पनि संस्कार सापकोटा भने अलिक भिन्न मार्गमा अग्रसर भएका प्रतिभा हुन्। केवल एक वर्षदेखि मात्र गायन सिक्न थालेका यी बालकले तबलाजस्तो गहन र साधनापूर्वक सिकिने वाद्ययन्त्रमा भने आश्चर्यजनक निपुणता प्राप्त गरिरहेका  छन् । यस्तो प्रतिभा केवल अभ्यासले मात्र सम्भव हुँदैन परमात्माकाे कृपा र सन्त मनिषीहरूकाे आशिर्वाद एवं पूर्वजन्मकाे सत्कर्म, अनि यसजन्मकाे आध्यात्मिक सङ्गत र सत्सङ्गको प्रतिफल हो भन्ने अनुभूति हुन्छ।

सांगीतिक यात्रातिर उन्मुख यी नवप्रतिभाले प्राणनाथ सदन बिर्तामोड, देवचन्द्र सदन बिर्तामोड, प्रणामी मन्दिर चारपाने, प्रणामी मन्दिर चाराली, प्रणामी मन्दिर धुलाबारीजस्ता आध्यात्मिक स्थलहरूमा आयोजित विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा तबला वादनको सेवा गर्दै नाम अनुसार काम भन्ने युक्तिलाई पुरा गर्दै आएका  छन्।  त्यस्तै गरि साहित्यिक चौतारी बिर्तामोडको साहित्यिक-सांस्कृतिक कार्यक्रमदेखि लिएर छठ पर्व  जस्ता विशेष समारोहमा झापा तथा आसपासका थुप्रै कार्यक्रममा उनी तबलावादकको रूपमा आकर्षणको केन्द्र बनेका छन्।

सानो उमेरमै यति धेरै आध्यात्मिक क्रियाकलापहरूमा समर्पित हुँदै आएका संस्कार जस्ता वालक आफ्नाे सङ्गीतात्मक सेवा अर्पण गर्ने आजको बालकहरूकाे माझमा समाजका लागि प्रेरणाको स्रोत हुन्। संस्कारकाे तबला बजाउने  कलाले केवल लय वा तालको प्रदर्शन गर्ने नभई, त्यो त एकप्रकारको भक्तिपूर्वक साधना हो । जहाँ प्रत्येक तवला वजाँउदाका चोटमा भगवानको स्मृति, श्रद्धा र समर्पण समाविष्ट हुन्छ। यसरी संस्कारको सांगीतिक समर्पणले भविष्यमा उनी एक महान तबला वादक तथा सांस्कृतिक हिराे बन्ने संकेत दिइरहेको छ ।

यो यात्रामा उनले देखाएको मेहनत, आत्मविश्वास र सुरिलो स्वरले दर्शक तथा निर्णायकको मन जित्न सफल भएको छन । संस्कार भन्छन् – “यो मञ्च केवल मेरो लागि मात्र नभई पूर्वी नेपाल, प्रणामी समाज तथा सम्पूर्ण नेपालीहरूकाे संगीतको पहिचान लिएर अघि बढ्ने एउटा ठूलो अवसर हो। त्यसैले म याे यात्रालाई सफल बनाउनु चाहान्छु”। जस्मा उनले प्रतिनिधित्व गरिरहेको भूगोल,  उनकाे समुदाय र सांस्कृतिक विरासत उनीभित्रको आवाजमा झल्किरहेकाे छ । जुन कुरा श्रोता तथा दर्शकहरूले समेत महसुस गर्न थालेका छन्।

उनको यो उपलब्धि केवल व्यक्तिगत उचाइ मात्र होइन, यो एउटा प्रेरणा पनि हो। जसकाे प्रस्तुतिले देखाउँछ  साधना, समर्थन र दृढ इच्छाशक्तिका साथ कुनैपनि कार्यमा लाग्याे भने  बालप्रतिभाले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा समेत आफूलाई वास्तवमै कलाकार दर्जामा आफुलाई प्रमाणित गर्न सक्छ। संस्कारको यस यात्राले नेपाली संगीत क्षेत्रमा बाल प्रतिभाको उज्यालो भविष्यको संकेत दिएकाे छ ।  जहाँ स्वर केवल मनोरञ्जनको माध्यम नभई राष्ट्रकाे पहिचान र समाजको आवाज बन्न सक्छ।

संगीतप्रतिको समर्पण, लगनशीलता र निष्ठाले गर्दा संस्कार सापकोटा आज नेपाली सांगीतिक क्षेत्रमा एक उदाउँदो बालप्रतिभाको रूपमा चिनिँदै गएका छन्। उनले सानाे उमेरमै संगीतप्रतिको गहिरो रुचि र प्रतिभा देखाउँदै आफूलाई स्थापित गर्न थालेका छन्। विशेषतः नेपालको अत्यन्तै लोकप्रिय रियालिटी शो Sa Re Ga Ma Pa Lil’s Champs Nepal मा सहभागी भई विभिन्न कठिन चरणहरू पार गर्दै उनी आज Top 12 सम्मको यात्रामा सफलता प्राप्त गरेका छन्।

अब उनलाई फाइनल सम्म पुर्‍याउने महान् अवसर हाम्रो काँधमा आएकाे  छ । अतः यस पुनीत अवसरमा सबै श्रद्धेय महानुभावहरू, समाजसेवीजन, संगीतप्रेमीजन एवं सम्पूर्ण आम नेपाली र प्रणामी परिवारजनमा हार्दिक अपिल गर्दछौं। 

संस्कार सापकोटालाई तपाईंहरूको अमूल्य मत (vote) र सहयोग प्रदान गरी उहाँलाई फाइनलमा प्रवेश गराउन कृपया आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुन अनुराेध गर्दछाै ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ