रुटिन अफ धुलिखेल बन्द’ कुनै राजनीतिक दलसँग सम्बन्धित छैन : अध्यक्ष प्रभात श्रेष्ठ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला तथा राष्ट्रिय स्तरका कला, संस्कृति, शिक्षा, घटना–दुर्घटना लगायत विविध विषयका समाचार निरन्तर रूपमा सम्प्रेषण गर्दै आएको ‘रुटिन अफ धुलिखेल बन्द’ फेसबुक पेज पौष २१ गतेदेखि २३ गते साँझसम्म अस्थायी रूपमा निष्क्रिय भएको थियो।

पेज पुनः सक्रिय भएपछि, पेजका सञ्चालक समिति अध्यक्ष प्रभात श्रेष्ठले आफ्नो व्यक्तिगत फेसबुकमार्फत यसबारे स्पष्टिकरण दिएका छ्न। उनले उक्त पेज कुनै पनि राजनीतिक दल वा संगठनसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन।

अध्यक्ष श्रेष्ठका अनुसार, ‘रुटिन अफ धुलिखेल बन्द’ पेज स्वयं एक्लैले नभई सञ्चालक समितिको टिममार्फत सामूहिक रूपमा सञ्चालन हुँदै आएको साथै, श्रेष्ठ नै पेजको सञ्चालक समिति अध्यक्ष रहेको जानकारीसमेत सार्वजनिक गरेका छ्न।

उक्त पेजले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्दै आएको र आगामी दिनहरूमा पनि जनहितका विषयहरू निरन्तर रूपमा प्रकाशन गरिने अध्यक्ष श्रेष्ठले बताएका छ्न।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ