“बेथानचोक पुग्ने बाटो सहज बनाउन प्रदेश सरकार प्रतिबद्ध छ” – मन्त्री बादे

काभ्रे । बागमती प्रदेश का सामाजिक बिकास मन्त्री कन्चनचन्द्र बादेले बेथानचोक पुग्ने बाटो सहज बनाउने बताएका छन।
बेथान्चोक कोसेली घर’ प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादेले उद्घाटन गर्दै उक्त कुरा बताएका हुन।
गृहिणी महिलालाई आत्मनिर्भर र सबल बनाउनका लागि बेथान्चोक गाउँपालिका र
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त पहलमा सञ्चालनमा आएको हो।कोसेली घर उद्घाटन गर्दै मन्त्री बादेले महिला सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छ्न। “कोसेली घर स्थानीय उत्पादनलाई बजारसम्म पु-याउने महत्वपूर्ण माध्यम बन्नेछ,” भन्दै यसलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार निरन्तर सहयोग गर्ने बादेले प्रतिवद्धता व्यक्त जनाएका थिय।

मन्त्री बादेले बेथानचोकसम्म पुग्ने बाटो सहज बनाउने प्रदेश सरकार को जिम्मेवारी रहेको बताए। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले महिलाको आर्थिक सबलीकरण पालिकाको प्रमुख लक्ष्य भएको र उत्पादनमूलक गतिविधिमा गृहिणी महिलाको सक्रियता बढाउन कोसेली घर महत्त्वपूर्ण कदम भएको बताए ।
गाउँपालिका अध्यक्ष अधिकारीले विकास कार्यमा राजनीति होइन सहकार्य आवश्यक रहेको भन्दै, सहकार्यकै माध्यमबाट बेथानचोक समृद्धि हुने बताए।
कार्यक्रम मा गाउपालिका उपाध्यक्ष तारा राणा तिमल्सिनाले महिलाले उत्पादन गरेका सामग्रीलाई दिगो बजार उपलब्ध गराउन तथा महिला विकासका कार्यक्रमलाई अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताइन। उनले आगामी दिनमा महिलाको नेतृत्व र अग्रतालाई प्राथमिकतामा राखेर आफु अघि बढ्ने बताएकी छ्न ।

ठूलो संख्यामा स्थानीय जनप्रतिनिधि, समाजसेवी, महिला समूह तथा बेथानचोक बासिको उपस्थिति रहेको थियो। कोसेली घरमार्फत हस्तकला, कृषिजन्य उत्पादन र स्थानीय परिकारलाई प्राथमिकताका साथ प्रवर्द्नले मा सहयोग पुग्ने बताए । उदघाटन कार्यक्रम सगै तीज विशेष कार्यक्रम पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।कार्यक्रममा गायक सानु के.सी., राजेन्द्र भण्डारी, गायिका स्मृति गौतम, रिना बिष्टलगायतका कलाकारहरूले तीज गीत प्रस्तुत गरेका थिए।

 

गाउँपालिकाले कार्यक्रममा सांस्कृतिक ऐक्यबद्धता,महिला सशक्तिकरण र स्थानीय उत्पादनको प्रवर्द्धनलाई जोड दिएको बताउँदै, कोसेली घरले महिलाबीच आपसी सम्बन्ध विस्तार, आत्मनिर्भरता र आर्थिक सबलीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ