सन्तोष बजगाई
बनेपा/काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ मा नयाँवस्तीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर बनेपाको २९ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको छ ।
मिति २०८२ साल बैशाख १३ देखी १९ गते सम्म श्रीकृष्ण प्रणामी धर्मका विद्वान धर्मप्रचारक युवा कथाकारद्वय पण्डित श्री प्रह्लादराज शास्त्री ज्यु बाट श्रीमद्भागवत श्रीकृष्ण कथाको रसास्वादन गराउनु हुनेछ भने पण्डित श्री घनश्याम शास्त्री ज्युबाट श्रीमत तारतमसागर ब्रह्मवाणी कथावाचन गराउनु हुनेछ।
वार्षिकोत्सवको अवसरमा हरेक दिन सेवा पुजा, कथा प्रवचन, भजनकिर्तन सहित विविध कार्यक्रमहरु आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपाका सचीव उद्वब प्रसाद तिमल्सिनाले जनाकारी दिए ।











