मुक्तेश्वर मन्दिरमा हरितालिका तीज विशेष पूजा सम्पन

काभ्रे,नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज को अवसरमा आज बेथानचोक–२ ढुङ्गखर्कस्थित मुक्तेश्वर मन्दिरमा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

तीजको दिनमा व्रत बसी शिवमन्दिर पुगेर पूजा गर्ने परम्पराअनुसार भक्तजनहरूले मध्याह्नमा पूजा अर्चना गरी श्रीमानको दीर्घायु, सन्तान, परिवार तथा देश–समाजकै सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ। कार्यक्रममा महिलाहरूले नाचगान र भजन–कीर्तनमार्फत सांस्कृतिक र धार्मिक वातावरणलाई अझै भव्य बनाएका थियो।

ब्रतालु र श्रद्धालुहरूको सहजताका लागि यसपटक “हेल्प डेस्क” सहित राखिएको थियो। सो व्यवस्थाबाट भक्तजनहरूलाई आवश्यक सहयोग प्रदान गरिएको गाउपालिका उपाध्यक्ष तारा राणा तिमल्सिना ले बताएकि छन्।

कार्यक्रमलामा पुर्ब गाउपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, प्रेस सल्लाहाकार शुभराज अधिकारी, स्थानीय चर्चित कलाकारहरू जीवनकला निरौला (राष्ट्रिय कलाकार), सिताराम तिमल्सिना, राजकुमार तिमल्सिना, राम तिमल्सिना, सौगात दङ्गाल, रमण तिमल्सिना, रामबहादुर तिमल्सिना, शिक्षाशाखा प्रमुख पुष्पा राई, सामाजिक तथा धार्मिक व्यक्तित्व कृष्णप्रसाद तिमल्सिना, ठुलोबाबु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ