दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रतर्फ, खानीखोला–३ सम्पर्क समिति गठन

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले खानीखोला–काठमाडौँ सम्पर्क समन्वय समिति अन्तर्गत वडा नम्बर ३ मा नयाँ समिति गठन गरेको छ। शनिबार सम्पन्न भेलामा पार्टी प्रवेश कार्यक्रमसँगै नयाँ २३ सदस्यीय समिति चयन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सूर्य मान दोङ (लालध्वज)ले सम्पर्क मञ्चहरू संगठन विस्तारका महत्वपूर्ण आधार भएको बताउँदै नयाँ नेतृत्वलाई बधाई दिएका थिए। उनले “युवा शक्ति बिना समाज रूपान्तरण सम्भव छैन” भन्दै खानीखोलाको विकासदेखि पार्टी सुदृढीकरणसम्म युवाको सक्रियता अपरिहार्य रहेको उल्लेख गरेका छ्न।

भेलामा बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), केन्द्रीय सदस्य अकलबहादुर थिङ (महेश), जिल्ला कमिटी अध्यक्ष भोलाप्रसाद अर्याल,प्रदेश कमिटी सचिवालय सदस्य दैबलाल घिसिङ बेथान्चोक गाउपालिका पार्टी अध्यक्ष तारा राणा तिमल्सिना लगायत नेताहरूको उपस्थिति थियो।

कार्यक्रममै विभिन्न राजनीतिक दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने दर्जनौँ नेता–कार्यकर्ता सार्वजनिक रूपमा स्वागत गरिएका छन्। प्रवेश गर्ने मध्ये भीमबहादुर ब्लोन, अविनाश तामाङ, इन्द्रमान गोले, बुद्धिमान गोले, सुवास थिङ, ज्ञानु थिङ, उमेश थिङ, प्रेम घिसिङ र उमेश भोलनलगायतको नाम घोषणा गरिएको हो।

भेलाले गठन भएको २३ सदस्यीय समितिको अध्यक्षमा मोहनबहादुर जिम्बा चयन भएका छन्। उपाध्यक्षमा अम्बर आले, महिला उपाध्यक्ष अविना गोले, सचिव प्रशान्त वाइबा, सहसचिवमा सुमन घिसिङ र तारा घिसिङ तथा कोषाध्यक्षमा अविनाश गोले जिम्मेवारी पाएका छन्।

नवगठित समितिले सम्पर्क मञ्चलाई सक्रिय र जिम्मेवार बनाएर संगठनलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ