४ करोड निक्षेप, ४ करोड २५ लाख ऋण लगानी : मिलेनियम सहकारीको साधारणसभा सम्पन्न

काभ्रे । मिलेनियम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा संस्थाका प्रमुख सल्लाहकार मुन्यश्वर कायस्थको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।

काभ्रेको बनेपाभर कार्य क्षेत्र रहेर सन्चालनमा भएको यस संस्थाले असोज २६ र २७ गते वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष कृष्णकुमार भण्डारीको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

सभामा संस्थाकी सचिव सुनिता तिमल्सिनाले वार्षिक गतिविधिसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष कान्छामान लामा तामाङले आर्थिक प्रतिवेदन र लेखा संयोजक मनिष कायस्थले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको, ४ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको र ५५ लाख रुपैयाँ शेयर पूँजी संकलन गरेको जानकारी दिइयो। साथै, सहकारीमा ५ करोड रुपैयाँ पुँजी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभाले सहकारी सस्थामा उत्कृष्ट बाल गर्ने बचतकर्तालाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित खवर