राति नसकिएको काम आजदेखि पुनः: गैरीगाउँमा संरचना हटाउने कार्य तीव्र

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ को गैरीगाउँ क्षेत्रमा अतिक्रमित संरचना हटाउने अभियान आजदेखि पुनः सुरु गरिएको छ। यसअघि दुई दिनसम्म राति अबेरसम्म चलेको भत्काउने कार्य अझै नसकिएकाले पुनः सञ्चालन गरिएको हो।

महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले अझै धेरै घरहरू हटाउन बाँकी रहेको बताए। केही ठूला संरचना हटाइए पनि पूर्ण रूपमा सफाइ गर्न समय लाग्ने उनले जानकारी दिए।

गैरीगाउँमा धेरै स्थायी घरहरू निर्माण गरिएकाले अभियान चुनौतीपूर्ण बनेको छ। अहिले दुईवटा डोजर र अन्य भारी उपकरण प्रयोग गरी भत्काउने कार्य जारी छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ