– रामकृष्ण बन्जारा
पनौती/ लायन्स क्लव अफ काठमाण्डौ गगनले पनौती नगरका ३ वटा बिद्यालयका करिव ५० बिद्यार्थीहरुलाई मंगलबार बिहाबर आधारभुत बिद्यालयको परिसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिहावर आधारभुत बिद्यालय पनौती नगरपालिका वडा नं ३,लालिगुरास प्रा वी पनौती ३ र शिब प्रा वी पनौती वडा नं १ का बिद्यार्थीहरुलाई कापी, कलम,रेनकोट, ईलर्निंग बुक लगायत सामाग्रीहरु प्रदान गरिएको थियो ।



सो सामाग्रीको सहयोग आईडीबी ग्लोवल प्रालीका ब्यवस्थापक प्रमुख लायन ईश्वर घिमिरेले जुटाएका थिए। कार्यक्रममा लायन्स क्लव अफ डिस्ट्रिक ३२५ डीका पदाधिकारी सदस्यहरु ,पनौती नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी वडा नं ३ का वडा अध्यक्ष बिष्णु प्रसाद सापकोटा, समाजसेवी एवं पत्रकार रामकृष्ण बन्जारा , समाजसेवी रामपुरी घिमीरे ,बिद्यालयका प्रधानाध्यकहरु , बिद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरु शिक्षक अभिभावक संघका अध्यक्षहरु ,शिक्षक, अभिभावक र बिद्यार्थीहरुको उपस्थिती थियो ।







