भारतमा काभ्रेका तीन खेलाडी सम्मानित

काभ्रे । काभ्रेका तीन जना खेलाडीलाई भारतको हरियाणास्थित जिल्ला प्रेस क्लब सोनीपतले विशेष सम्मान गरेको छ।

कागेश्वरी तेक्वान्दो दोजाङ एण्ड स्पोर्ट्स क्लबको आयोजनामा २०८३ असोज १७ गते आयोजित विशेष कार्यक्रममा काभ्रेका खेलाडी तथा राष्ट्रिय निर्णायक विष्णु खत्री, खेलाडीहरू कोशिन चौलागाईं र रेन्जी चौलागाईंलाई सम्मान गरिएको हो।

खेलकुद क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदान, मेहनत, समर्पण तथा उपलब्धिको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा खेलकुद, पत्रकारिता तथा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

सम्मानित खेलाडीहरूलाई आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गर्दै उनीहरूको योगदानले काभ्रेको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खवर