नेत्रवाण : सत्य र न्यायको पक्षधर आवाज
नेत्रवाण एक अनलाइन समाचार पोर्टल हो। “नेत्र” अर्थात् आँखा र “वाण” अर्थात् तीर—समाजका विसङ्गति, भ्रष्टाचार, कुरीति, वेथिति र अराजकताप्रति आँखा खोलेर निगरानी गर्ने र त्यसविरुद्ध आवाज उठाउने हाम्रो लक्ष्य हो। समाजलाई सुदृढ बनाउने प्रयासमा, नेत्रवाण निष्पक्ष समाचारमार्फत जनचेतना जगाउने माध्यम हुनेछ।
“वाण” प्रहार गर्नु आत्मरक्षा हो। आँखा त्यतिबेला मात्र सुरक्षित हुन्छ जब यसले न्याय, सुशासन, समृद्धि र समानताको समाज देख्छ। यदि यस विपरीत अन्याय, असमानता वा गलत प्रवृत्ति देखिन्छ भने, नेत्रवाण सत्य र न्यायको पक्षमा आफ्नो आवाजको वाण प्रहार गर्नेछ।
हामी सत्य, तथ्य र प्रमाणमा आधारित समाचारमार्फत समाजका प्रत्येक विसङ्गतिलाई उजागर गर्नेछौँ। धार्मिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, मनोरञ्जन, खेलकुद लगायतका सबै क्षेत्रमा समाचार, विचार, लेख, कथा, कविता, अन्तर्वार्ता आदिलाई चुस्त, निष्पक्ष र पारदर्शी ढंगले प्रस्तुत गर्नु हाम्रो उद्देश्य हुनेछ।
गाउँबस्ती, दुर्गम क्षेत्र र भुईँमान्छेहरूका कथा–व्यथा, नदेखिएका आवाज, सफलताको कथा वा असफलताको यथार्थलाई उजागर गर्दै पाठकसम्म पुर्याउने हाम्रो निरन्तर प्रयास हुनेछ।
नेत्रवाण विषयविज्ञका विचार, राज्यका नीतिहरू र सामाजिक रुपान्तरणका माध्यमबाट राष्ट्रको आर्थिक विकास, सांस्कृतिक उत्थान र राजनैतिक स्थायित्वको पक्षमा सदैव सचेत रहनेछ।
सूचनाको हक सुनिश्चित गर्दै, न्यायमा समान पहुँच, समावेशिता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै हाम्रो लक्ष्य पूरा गर्नेछौँ।
नेत्रवाण आम नागरिकका पीडा, संघर्ष, कथा र व्यथाहरूको साझा चौतारी हो। यहाँ विश्वास र सत्यतामाथि अडिग रहँदै समस्या पहिचान मात्र नभई समाधानको खोजमा पनि हामी निरन्तर अग्रसर रहनेछौँ।
हामी सत्य, न्याय र राष्ट्रियताको पक्षमा सदैव कटिबद्ध रहनेछौँ।
ताजा समाचार
लोकप्रिय
© 2025 Copyright Netrawan Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer








