काभ्रे-:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धुलिखेलको हजार सिँढीमा सरसफाइ गरेको छ । पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवाहरूको सहभागितामा सरसफाइ अभियानमार्फत सार्वजनिक तथा पर्यटकीय स्थललाई सरसफाई गरेका हुन।

कार्यक्रममा रास्वपा काभ्रेका सभापति प्रविनकुमार ढकालसहित पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूको सहभागिता सरसफाई गरेका थिए । अभियानमा सहभागीहरूले हजार सिँढी क्षेत्रमा रहेका फोहोर संकलन गर्दै पर्यटकीय स्थलको संरक्षण र सरसफाइमा नागरिकको जिम्मेवारी महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए ।

अभियानको क्रममा सभापति ढकालले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्ने धारणा व्यक्त गरे । युवाहरू परिवर्तनका संवाहक भएकाले समाज निर्माणमा उनीहरूको भूमिका अग्रणी हुनुपर्ने ढकालले बताए ।



औपचारिक कार्यक्रम मात्र गरेर अब पुग्दैन ,युवाहरूले आफ्नो समुदाय र सार्वजनिक सम्पत्तिप्रति जिम्मेवारी देखाउनुपर्छ । आजको यस सरसफाइ अभियानले धुलिखेललाई स्वच्छ राख्खे मात्र होइन, युवाहरू सामाजिक काममा सक्रिय हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको ढकालले बताए ।
उनले धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई प्राथमिकता दिनुपर्ने बताए । पर्यटकीय क्षेत्रमा आउने हरेक नागरिकले आफ्नो ठाउँ सफा राख्ने संस्कार विकास गर्नुपर्ने ढकालको भनाइ रहेको छ ।

कार्यक्रममा सहभागी युवाहरूले सार्वजनिक सतको सरसफाइ सरकार स्थानीय तहको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताए । सहभागीहरुले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरिएको यस अभियानले युवालाई सामाजिक सेवासँग जोड्नुका साथै धुलिखेलको पर्यटकीय पहिचान बोकेको हजार सिँडी क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउन सकारात्मक योगदान पु¥याएको पार्टीको धारणा रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले आगामी दिनमा पनि युवाको सहभागिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक तथा जनमुखी कार्यक्रम संचालन गर्ने जनाएको छ ।






