काठमाडौँ । अभिनेत्री वर्षा राउतले अभिनय गरेको फिल्म ‘मालती मंगले’लाई दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ। कतिपयले यसलाई उनको करिअरकै उत्कृष्ट फिल्ममध्ये एकका रूपमा मूल्यांकन गरेका छन्।
वर्षा राउतले पनि विभिन्न अन्तर्वार्तामा यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण प्रोजेक्टमध्ये एक भएको बताउँदै आएकी छिन्।
यसैबीच उनले फेसबुक स्टोरीमार्फत संक्षिप्त भिडियो पोस्ट गर्दै आफ्नो करिअरका सुरुवाती समयमा अपेक्षित साथ र समर्थन नपाएको अनुभव व्यक्त गरेकी छन्। भिडियोमा उनी भावुक देखिएकी छिन्।










