“नेपालमा हिरा फल्छ” :- सचिन्द्र

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ साविक सिद्विपुर गाबिसमा माता नानी बेटी महर्जन र पिता कृष्ण महर्जन को कोखबाट बि.स.२०३५ साल भाद्र १५ गते जन्मेका सचिन्द्र महर्जन कृषि पेशामा लागेर आत्मनिर्भर बन्दै आएका छन

प्रस्तुत छ नेत्रवाण डट कम का लागि धार्मिक,सामाजिक तथा कृषि पेशामा लागेका सचिन्द्र महर्जन सङ्ग सन्तोष बजगाईले गरेका कुराकानी….

•तपाई अहिले के मा ब्यस्त हुनुहुन्छ ?
➡️ म अहिले धार्मिक सामाजिक तथा कृषि पेशामा ब्यस्त हुँदै आएको छु।

•तपाईले कृषि क्षेत्रको पेशा किन रोज्नु भयो?
➡️म सबै काम लाई उतिकै सम्मान गर्छु ।मैले विभिन्न काम काे खाेजिमा लागे तर कतै बाट पनि सफलता मिलेन अनि पुर्खेउलि व्यवसाय राेजेर काम गर्न लाग्दा आम्दानी राम्रै भयकाे देखेर यहि व्यवसाय लाई आधुनिक तरिका बाट गर्नि निर्णय गरेर याे कृषि व्यवसाय राेजे।

•तपाईले कृषि  फर्म कहिले बाट दर्ता गरि सुरु गर्नु भयो त?
➡️म जन्मियर जानेदेखि नै कृषि क्षेत्र मा लागे तर व्यवसायिक रुप मा चै बिगत १० बर्ष देखि फर्म गर्न प्रोसेसमा छु  ।

•तपाईले कृषि तथा पशुपालनको व्यवसाय गर्दा तपाईको मासिक रुपमा कमाई कति हुन्छ त ?
➡️मैले व्यवसायिक रुपमा काम गर्दा ठ्याक्कै यति नै भन्नि ता हुदैन तर राम्रो सिजन चलेकाे बेलामा मासिक ३० हजार देखि ४० हजार कमाइ हुन्छ।

•तपाईले कृषि पेसालाई कुन रुपमा लिनु हुन्छ?
➡️नेपाल एक कृषि प्रधान देश हो ।परदेशमा पसिना बगाउनु भन्दा आफ्नो देशमा केही गर्न बेस हो । नेपालमा हिरा फल्छ नेपालमा अन्न अरुको भरमा हैन हामिनै सक्षम हुन जरुरी छ।

•तपाईले राज्य तथा स्थानीय सरकारबाट कृषि तथा पशुपालनको क्षेत्रमा केही अनुदान लिनु भाको छ कि छैन त ?
➡️ मैले माहालक्ष्मी न पा बाट स्वराेजगार कृषि  बाट एक लाख रिन लिएकाे छु।

•बिदेशीएका युवालाई तपाईं के भन्न चाहानुहुन्छ?
विदेशिनु कसैकसैका लागि रहर भएपनि धेरैका लागि बाध्यता भएर विदेशिएका हुन् । अहिले केही कमी आएको छ। अब परिस्थिति फेरिएको छ । विदेशमा गर्ने जति श्रम नेपालमा गर्ने हो भने यहाँ पनि राम्रो आम्दानी गर्न सकिन्छ । नेपालमा पनि सम्भावनाका थुप्रै क्षेत्र छन् तिनको पहिचान गर्नुपर्छ । आजको आवश्यकता र प्रविधिको प्रयोग गरेर अगाडि बढ्दा अवश्य सफल भइन्छ । अर्काको देखासिकी गर्न छडेर श्रममा विश्वास गरेर आफ्नो मिहेनत र पसिना देशमै खर्च गरौं। निरन्तर आफ्नो कर्ममा लाग्दा सफल भइन्छ। सकारात्मक बनौ र सकारात्मक सोच बनाओ। कुलतबाट टाढा बसौ राज्यलाई कर तिर्नु इज्जत ठानी। विदेश जान लाग्ने लागत र समयको उचित ठाउमा यहाँ पनि स्वोरोजगार बन्न सकिन्छ।

•सरकारले वैदेशिक रोजगारबाट फर्केका युवा लाई कस्ता कस्ता नीति तथा कार्यक्रम गर्यो भने हाम्रो देश कृषि आत्मनिर्भर रहन्छ त?
➡️सरकारले कृषि पेशामा लाग्ने युवाहरुको लागि प्राबिधिक सेवाको सुनिस्चित गरि व्यसायिक कृषि उत्पादन को लागि आवश्यक ऋण को व्यवस्था गरि कृषि उत्पादन को न्यूनीकरण कृषकलाई सम्मान र कृषि पेशालाई मर्यादा बनाउदै लैजाने हो भने र सरकार ले कृषक काे उत्पादन लाई उचित  मूल्य निर्धारण गरि आयातित बस्तु भन्दा स्वदेश मै उत्पादन भयकाे तरकारि दूध हरु लाई  प्रयाेग गर्दा कृषि पेशा मा अत्मानिर्भर रहन्छ।

•नेपालमा तिब्र रुपमा बिकास गर्नका लागि सत्तामा रहने राजनीतिक दललाई तपाईं के सुझाव दिनुहुन्छ ?
राजनीति नीतिहरुको मूल नीति हो राजनीति प्रष्ट भएपछि अन्य नीतिहरु पनि सही रुपमा अगाडि बढ्छन् । राजनीतिलाई एकदम र दाउपेचको रुपमा लिइनुहुन्न। नीति अनुसारको व्यवहार अनि समयानुकूल नीति सुधार हुनुपर्छ। नीति अनुसारको र अन्यभन्दा जनता समक्ष श्रेष्ठ हुन लागि पर्नुपर्छ। कुनै पनि विचार बोके पनि नेतृत्वले गरेका गलत क्रियाकलापको खरो आलोचना गर्नुपर्छ। राजनीति पेशा नभएर त्याग हो। लोभ, लालच र फाइदाको पछि लाग्नु राजनीतिज्ञको धर्म होइन बदनामी हो । आसेपासे भरौटो र स्वार्थीहरुको झुण्ड भन्दा माथि उठनुपर्छ सही विशेषज्ञ र सल्लाहकारको सहयोग लिएमा सफल बन्न सकिन्छ । राजनीति गरेर जनमतद्वारा चुनिएपछि सबैको जनप्रतिनिधि बन्नुपर्छ। दूरदर्शी राजनीतिज्ञले नै देशको मुहार फेर्छन् ।

•तपाईलाई राजनीतिक दृस्ठिकोण कस्तो लाग्छ?
➡️राजनीति नराम्रो त पक्कै हैन तर नेपाल काे सन्धर्व मा राजनीति पावर र पहुच काे भर मा चलेकाे देख्दा  अब राजनिति ठिक हैन कि भन्ने भान र महसुस गरेकाे छु।

•स्थानिय सरकारले कृषि तथा पशुपालन व्यवसाय गर्ने युवाहरुको लागि कस्तो नीति लेराउनु पर्छ जस्तो लाग्छ तपाईलाई?
➡️स्थानीय सरकारले वैदेशिक रोजगार बाट फर्केका युवालाई आगामी नीति तथा कार्यक्रम मा  देशमा निर्यात भन्दा आयत बढी हुने, देशको युवा शक्ति विदेश पलायन हुने, कृषि प्रधान देश भन्ने तर कृषकको लागि चाहिने बिऊ विजन, मल समयमा उपलब्ध नहुने, कृषि उत्पादनको बजार क्षेत्र सुनिश्चित नहुने र बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो लगानी सुरक्षित नदेखेंकोले पैसाको खरिद बिक्री गर्ने बैंक वित्तीय संस्था नै दुविधामा छ अनि अन्य वस्तुको खरिद बिक्री मा पनि त्यसैको प्रभावले मन्दी आइरहेको कुरा प्रष्ट छ । यसको लागि  माहालक्ष्मी न पा   संबंधित निकायले नै निजी, सहकारी, सरकारी वाणिज्य तथा वित्तीय सरोकारवालालाई एकै ठाँउमा राखी छलफल र समीक्षा गराई समस्या र सामाधानको लागि वित्तीय इकाइलाई चलायमान बनाउनु आजको अनिवार्य आवश्यकता हो र आगमी दिनमा यस्ता नीति तथा कार्यक्रम  नगर पालिकाले लेरायो भने पक्कै सफल भइन्छ ।माहालक्ष्मी नगर पालिकाले व्यवसाय गर्ने युवालाई हरेक कुरामा प्रोत्साहन गर्नुपर्छ, नीति मात्र राम्रा बनाउने नभई कार्यान्वयनमा जोड दिनुपर्छ ।

•अन्त्यमा तपाईं के भन्नू हुन्छ?
सु-सन्देश साप्ताहिक लाई धेरै धेरै धन्यवाद । हामी नेपाल मै कृषि मै लाग्दा केही गर्न सक्छौ, यहि सम्भावना छ भन्न चाहान्छु।🙏

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ