
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती इमाडोल र श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति ललितपुरको समन्वयमा भएको ९ औं रास्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगिता २०८१ साल मंसिर १५ गते शनिबार महालक्ष्मी नगरपालिका वडा नम्बर १ स्थित इमाडोलमा सम्पन्न भएको थियो।
नवाैं राष्ट्रव्यापी प्रणामी कप फुटसल प्रतियोगितामा पहिलाे भक्तपुर जिल्ला, दाेस्राे चुनिखेल प्रास, तेस्राे सिनामंगल प्रास भएको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका आर्मी क्लबका प्रमुख प्रशिक्षक मेगराज केसि को प्रमुख अतिथ्यतामा तथा महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष छिरिङ लामा को विशेष अतिथितामा तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष कौशल फुयालको को उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा ६ वटा जिल्ला समिती काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा र चितवनका सहित उक्त कार्यक्रममा २२ वटा टिमहरूको सहभागिता रहेको इमाडोल प्रा.स का सचीव नवराज दाहाल ले जानकारी दिए।










