सुशिला ढकाल
धनुषा / विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको ११ओैं अधिबेशनबाट अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।
महाअधिबेशन २०८१ मंसिर २७ गते २९ गतेसम्म जनकपुरधाम स्थित जानकी मन्दिर परिसरमा भएको थियो। यसअघि कार्यवाहक अध्यक्षका रुपमा कार्यरत अस्मिता भण्डारीलाई महाअधिबेशनले अध्यक्ष निर्वाचित गरेको हो।
विगतमा पत्रकारिता गरेकी भण्डारी साहित्यकारमा रहेकी थिईन । उनी महासंघमा लामो समयदेखि कार्यरत छिन्। महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्वमुख्य न्यायाधीश शम्भु बहादुर खड्काको संयाजकत्वमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरीको निर्वाचन समिति गठन भएको थियो।
अध्यक्ष पदमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। त्यसपछि निर्वाचन समितिले सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेको हो।
तीन दिवसीय अन्तर्राष्ट्रिय अधिबेशनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतपेश्वर दास बैष्णव थिए। सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका प्रतिनिधि सहभागी थिए।
अधिबेशनलाई सहयोग पुर्याएकोमा विश्व हिन्दु महासंघले जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल भारतका सम्पुर्ण सन्त गण, निवर्तमान कार्यकारिणी समिति तथा सबै शुभेच्छुक सबैलाई धन्यवाद दिएको छ।












