सन्तोष बजगाई
ललितपुर / सातदोबाटो-चापागाउँदोबाटो, भाटभटेनी सुपर मार्केट नजिकै रहेको उद्यमी घरमा आगामी मिति २०८१ पुष १३ देखी २२ गते सम्म देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी एवं व्यापार मेला-२०८१ को आयोजना हुने भएको हो। उक्त मेला १० दिन सम्म बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म चलिरहने छ।
नेपाली कला, संस्कृति र सीप हाम्रो पहिचात । स्वदेशी उद्यम र उत्पादनको प्रवर्द्धत हाम्रो अभियान भन्ने मुल नाराका साथ देशैभरीका घरेलु उत्पादनहरु स्थानीय कृषि, खाद्यान्न, गेडागुडी जडीबुटीजन्य सामग्री, मसला, चिया बाँस, काठ, माटो, सेरामिक्स, पराल, खोस्टा, घाँसपात, रेजिन, पित्तल, क्राफ्टबाट बनेको सामग्री परम्परागत प्रविधिका सामानहरु नेपाली बाद्यवादन घरायसी तथा कार्यालय सजावटका सामग्री हस्तकलाका विविध सामग्रीहरु हेम्प, अल्लो कटन, ढाका, सुती, खादी, खद्दरका तयारी कपडाहरु जुत्ता-चप्पल, टोपी, पर्स तथा व्यागहरु सबै जातजातीको पहिरन, ड्रेस र गरगहना गलैंचा, राडीपाखी, उलनवाट बनेको सामग्री क्यानभास आर्ट, पेन्टिङ, फ्रेमिङहरु डिजाइन, छपाई तथा प्रिन्टिङ सेवा मायाको चिनो र उपहारका सामग्री मौलिक परिकारको शुद्ध शाकाहारी रेस्टुरेन्ट सिलाइ, बुटिक तथा गार्मेन्टका सबै सेवा अन्य स्वदेशी उद्यमका उत्पादनहरु नेपाली कला, संस्कृति र सीपहरु पाउनुका साथै यसै अवसरमा हुने ‘उद्यमी भान्सा घर’को शुभारम्भ कार्यक्रममा उपस्थिति हुनका लागि हार्दिक आमन्त्रण गरेको छ।










