श्रीकृष्ण प्रणामी धर्म जागनी शताब्दी एवम् रजत जयन्ती ज्ञान महायज्ञ २०८१ सम्पन्न …

राधेश्याम गजुरेल
बर्दिया / लुम्बिनी प्रदेश अन्तर्गत रहेको बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका वडा नं. ६ काेठारपुर, जयपुर क्षेत्रमा मंसिर २३ देखि शुरु भई ३० गते समापन भएकाे १२५ पाठ पारायण धान्याञ्चल महायज्ञ यस क्षेत्रका धार्मिक कार्यक्रममध्ये हालसम्मकै उत्कृष्ट तथा ऐतिहाँसिक रहेकाे बताईएकाे छ । श्री कृष्ण प्रणामी समाज, निजानन्द सम्प्रदाय, प्रणामी सुन्दरसाथकाे स्वस्फूर्त सहभागितामा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल बर्दिया जील्ला समितिकाे आयाेजनामा भएकाे यस बृहत धार्मिक समाराेहले देशैभर धार्मिक सञ्चार गराउनुकासथै धर्मप्रेमी समुदायमा उल्लास उर्जा र उमंग सञ्चार गरेकाे छ छ । कार्यक्रमकाे शुरुदेखि अन्तसम्म निरन्तर पाठ पारायण, कथा प्रवचन, धार्मिक बिद्दत गाेष्टी, विभिन्न समितिहरुका पूर्ण आंशिक बैठक, ख्यातिप्राप्त गायक गायीकाबाट भजन किर्तनका साथै स्थानीय झाँकी नृत्य, सहभागीका कला प्रस्तुती सहित थारु संस्कृति र, देशैभरका विभिन्न कला, भेषभूषा र परम्परागत पहिचान अनि शास्त्रिय मान्यता अनुरुपका विभिन्न चरित्र , चित्र प्रदर्शनी प्रस्तुत गरिएकाे थियाे ।

                           कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्माचार्य जगतगुरु अनन्तबिभूषित धर्माचार्य नवतनपुरीधाम जामनगर गुजरातका गादिपति कृष्णमणी महाराज साथमा पाल्नुभएका साधु सन्त बिद्वान , पुर्वराजा ज्ञानेन्द्र शाह, हिन्दु धर्मका विभिन्न चर्चित मठ मठाधिस मन्दिरहरुबाट महन्त याेगी ध्यानी तपस्वी धर्म रक्षक तथा श्रीकृष्ण प्रणामी नेपालकाे केन्द्र नवतनधाम सेवा केन्द्रबाट श्री १०८ अमृतराज महाराज, पुरुषाेत्तम महाराज लगायत धर्मधाम , मुक्तिधाम, कृष्णकृपाधाम र विभिन्न मन्दिरहरुका सञ्चालक, संरक्षक, गादिपति सहित देशैभरबाट करिव ५ लाख भन्दा बढि सुन्दरसाथ सहभागी थिए भने कार्यक्रम अबधिभर करिव १५ लाख भक्त धर्मनिष्ठाधारी दर्शनार्थीले अबलाेकन भ्रमण तथा कथा श्रवण गरेका थिए । स्थानीय बाजा धुन सहितकाे प्रतुती ,बिध्यालयकाे ब्यानर सहित शिक्षक बिघ्यार्थी सहभागिता, पश्चिम क्षेत्रमा चर्चित रहेकाे मनमाेहक मयुरनाच तथा विभिन्न समुदायका परम्परागत पाेशाकमा सजिएका झाँकिहरु तथा बाईजुराज समिति नेपालकाे ड्रेसमा बिशाल कलशयात्राले शहर परिक्रमा गरिएकाे बृहत् शाेभायात्रामा सहभागी लालायित र मन्त्रमुग्ध भएर झुम्दै रमाएका थिए । 

                            श्री कृष्ण प्रणामी सेवा समिति नेपाल , युवा परिषद नेपाल, बाईजुराज महिला समिति नेपालका केन्द्रदेखि क्षेत्र प्रदेश जिल्ला ईकाईसम्मका पदाधिकारी सदस्य यस कार्यक्रमकाे सफल आयाेजनकालागि शुरुदेखि अन्तसम्म अहाेरात्र विभिन्न सेवा जिम्मालिई खटिएका देखिन्थे । कार्यक्रम आयाेजकहरु भक्त सुन्ददरसाथलाई बसाेवास , दर्शन र पूजाआजामा कुनै समस्या नहाेस् भनेर स्वंमसेवक खटाई कार्यक्रम ब्यवस्थित गरिएकाे थियाे । 

                         जगतगुरु आचार्यश्रीबाट आशिर्बचनका क्रममा नेपालकाे पश्चिम क्षेत्र जहाँ दयालदाश महाराजले धर्म जागनी र दिक्षाकाे शुरुवातीकालागि डाेकाे बिसाई  हिडेर यात्रा प्रारम्भ गर्नुभाे, १०० बर्ष जागनीकाे र रजत २५ बर्ष मन्दिर निर्माणकाे हर्षमा १२५ सुन्दर पारायण पूर्ण ब्यवस्थापन सहित विशाल कार्यक्रम आयाेजना भएकाेमा प्रसन्नता ब्यक्त गर्दै धर्मकाे सञ्चार हुँदै गरेकाेमा खुशी ब्यक्त गर्नुभयाे । त्यस्तै पुर्वराजा ज्ञानेन्द्रले सहभागीलाई आशीर्वाद दिदै हिन्दु धर्म संस्कृति बचाउन आफ्ना पिता पुर्खाले गरेकाे प्रयास सम्झदै आफूलाई कार्यक्रममा आमणत्रण गरेकाेमा आयाेजकलाई धन्यवाद दिनुभयाे । प्रणामी धर्मका धार्मिक प्रवक्ता एवं सातै दिन कथा बाचन गर्ने पण्डित कृष्ण प्रसाद सापकाेटाले १३ मन्दिर र हजाराै सुन्दरसाथकाे पवित्र भूमिमा गुरु चरणकाे प्रभावले विशाल कार्यक्रम सफल ढंगले सम्पन्न भएकाे बताउनुभयाे । 

                         बर्दीया राष्ट्रिय निकुञ्ज , ठाकुरद्वरा मन्दिर लगायत धेरै धार्मिक तथा पर्यटकिय स्थल रहेकाे बर्दियाकाे आदिवासी थारु समुदायले यस कार्यक्रमकाे प्रशंसा गरेका छन् । प्रणामी समाजकाे लागि पनि पश्चिम क्षेत्रमा जागनीका क्रममा यति विशाल कार्यक्रम हुनुले धार्मिक सञ्चार र चिनारी पुगेकाे महसुस गरिएकाे सातैदिन सेवामा खटिनुहुने युवा परिषद लुम्बिनी कर्णाली प्रदेश संयाृजक कपिल फूयालले बताउनु भएकाे छ ।

कार्यक्रममा सेवा समिति नेपालका अध्यक्ष एस के शर्मा , नवतनधाम सञ्चालक समितिका अध्यक्ष श्याम के सी, युवा परिषद नृपालका अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारी बाईजुराज महिला समितिका देशैभरका पदाधिकारी सदस्यले सेवा सहयाेग सहित सहभागिता जनाउनुभएकाे थियाे । बाईजुराज महिला समितिकी अध्यक्ष मिरा सञ्जेलले पारायण सम्पन्न गर्न समिति अन्तर्गतका सबैकाे सक्रिय सहभागिताकालागि हादिक धन्यवाद ज्ञापन गर्नुका साथै माता बाईजुराजकाे धर्म निष्ठा र आचरणका प्रभावले आजपनि सफल कार्यक्रमहरु आयाेजन भईरहेकाे बताउनुभयाे ।

                            भब्य यस कार्यक्रममा सहभागी हुन काठमाण्डाैबाट १०० भन्दा बढि गाडिहरु रिजर्व गरि सुन्दरसाथ भक्त समुदाय कार्यक्रम स्थल पुगेका थिए । उनिहरुले यश पटक पश्चिम क्षेत्रकाे आन्तरिक पर्यटन बढाउँदै लुम्बिनि बाैद्व जन्मस्थलदेखि कञ्चनपुर र सुर्खेतसम्मकाे यात्रा तय गरेका थिए । काेठारपुर श्री कृष्ण प्रणामी मन्दिर समिति र समस्त बर्दियावासी सुन्दरसाथ सफल कार्यक्रमकाे आयाेजना गरेर खुशी भएका छन् । धर्मकाे रक्षा र मानव समुदायमा धार्मिक भावनाकाे अभिवृद्दि गर्दै शान्त सम्पन्न समुन्नत हिंसारहित शाकाहार समाज निर्माण र विभिन्न धार्मिक तिर्थस्थलमा धर्मका नाममा हुने बलि प्रथा राेक्न यस्ता सहभागितामूलक बृहद कार्यक्रमले सहयाेग पुर्याउने बली प्रथा बिरुद्द लागिपरेका अभियन्ताहरुले बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ