काठमाडौ/ प्रणामी सिंगिङ् आईकन टिम द्वारा आयोजित पहिलो प्रणामी बाल प्रतिभा पौष ६ गते शनिबार बाट सुरु काठमाडौ मा सुरु भएको हो।
निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्रीकृष्ण प्रणामी धर्म अर्थात प्रणामी समाजमा विभिन्न ठाउमा लुखेका देश विदेशका धेरै भन्दा धेरै बालबालिका हरूका लागि प्रोत्साहन गर्नका लागि तयार पारिएको प्रणामी बाल प्रतिभाको DIGITAL AUDITION खुल्ला भएको हो। उक्त कार्यक्रम को फाइनल फिनाले माघको १२ गते हुने भएको छ।
विगतमा प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सि. र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङ् आईकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङ् आईकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुई वटै एल्बममा संगीत संयोजन नवीन कुमार तिमल्सिनाको गरेका छन् ।
कार्यक्रममा प्रणामी अनलाईन क्विज सिजन १ को पनि निकै रोचक ढंङ्गबाट फाईनल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीर देव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।
श्रीकृष्ण प्रणामी समाजको एकै साथ दुईवटा धार्मिक सांगितिक एल्बम विमोचन र प्रणामी समाजको एक पृथक कार्यक्रम प्रणामी अनलाईन क्विजको पहिलो सिजनको समापन भएको थियो।
साथै नेपाल र विश्वभर बसोबास गर्ने समस्त प्रणामी समाजको लागि आस्थाको केन्द्र प्रणामी सिंगिङ् आईकनको अर्को एपिसोड श्री वीतक कथा २०८१ सालको श्रावण १० गतेदेखि भाद्र १० गते सम्म निजानन्द सम्प्रदाय अन्तर्गत रहेको श्रीकृष्ण प्रणामी धर्मका युवा प्रचारक श्यामदास कुवर ले गर्नु भएको थियो।
प्रणामी सिंगिङ् आईकन टिम द्वारा आयोजित प्रणामी समाजमा भएका विभिन्न कार्यक्रम हरुको जानकारी का लागि एक पृथक कार्यक्रम महिना को अन्तिम दिन प्रणामी समाचार कार्यक्रम पनि संचालन हुँदै आईरहेको छ।
प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपोज गर्ने उद्देश्यले प्रणामी सिङिङ आइकन टिमका क्यामरा टेक्निकल हेडका सन्जय मुडभरी ज्यु ले बताउनु भयो ।










