“निस्वार्थ सामाजिक सेवा नै मेरो मुल मन्त्र”

काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउपालिका वडा नम्बर २ साबिक ढुंखर्क वडा नं ६ मा पिता गणेश बहादुर तामाङ माता र रत्न देवि तामाङको कोखबाट दोस्रो सन्तानको रूपमा २०३३ सालमा  मा जन्मिएका मछिन्द्र कुमार लामा अहिले सामाजिक धार्मिक एबम राजनीति मा सेवाकिय कार्यहरु गर्दै आएका छन । दुई दिदीबहिनी दुई दाजुभाइ मध्ये जेष्ठ सन्तानका रुपमा रहेका लामा का एक दिदी एक बहिनी र एक भाई रहेका छन।
मछिन्द्र ले  प्रारम्भिक शिक्षा श्री पार्वती मावि ढुंखर्क गेल्डुङमा एस एल सि २०४९ मा उतिर्ण गरेका थिए । लामा सव ओभरसियर जिरी प्राविधिक शिक्षालयमा अध्यन गरे साथै ओभरसियर बालाजु प्राविधिक प्रशिक्षण केन्द्रमा १ बर्ष मनिपाल कलेज निर्माण स्थलमा अध्यन गरेका थिए । साथै १० बर्ष नेपाल बायोग्यास प्रवर्द्धन समुहमा आवद्ध हुदै ११ बर्ष देखि सहकारिमा आबद्ध हुँदै आएका छन ।

प्रस्तुत छ नेत्रवाण का लागि सामाजिक, धार्मिक, राजनीतिक ब्याक्तित्व मन्छिन्द्र कुमार लामा सङ सन्तोष बजगाई ले गरेका कुराकानी ….

•तपाईं अहिले के मा ब्यस्त हुनुहुन्छ ?
अहिले म सहकारीको काम, राजनीतिक र धार्मिक कार्यक्रमहरूमा नै लागिरहेको छु।

•तपाईलाई सामाजिक कार्यहरु गर्दा कस्तो अनुभव भईरहेको छ?
सबैभन्दा आनन्द लक्षित वर्गले हामि बाट सेवा प्राप्त गरि उनिहरूको अनुहारमा खुशि देख्दा जस्तो आनन्द जिवनमा कहिले पनि आएन। त्यति बेला अत्यन्त खुशि हुन्छु।

•तपाईले यो देश र समाजका लागि समाजसेवी को कार्य किन रोज्नु भयो?
हाम्रो जन्म स्वयंको लागि हैन परसेवाको लागि भगवान ले जन्मदिनु भयको हो।अत: त्यो कर्म पुरा नगर्नेले भवसागर पार गर्न सक्दैन। त्यसैले यो कर्म रोजेको हुँ।

•तपाईले धर्मकर्ममा कतिको रुचि राख्नु हुन्छ त?
एकदम रूचि लाग्छ। कुनैपनि धर्मको आलोचना गर्दिन। धर्म भनेको मानिसलाई अनुशासित बनाउने भावनात्मक यन्त्र हो। अनुशासित नभयको मानिस धार्मिक हुन सक्दैन। पुजा पाठ,  भजन किर्तन र सत्संगलाई जिवनको अभिन्न अंगको रूपमा लियको छु।

•तपाईं धार्मिक कार्यमा कहिले देखि संलग्न हुनु भयो?
म २०४२ साल देखि ४६ साल सम्म श्री स्वस्थानी माताको १ महिने ब्रत बसि स्थानिय गुरूजनहरू बाट पुजापाठ गरि समापन गर्ने गर्थे। त्यो प्रेरणा मेरो स्व हजुर बुबा बल बहादुर तामाङ ले दिनुभयो। त्यतिबेला देखि रूचि थियो।

•सहकारी खोलेर साथिभाई लाई सहयोग गर्न पाउँदा कस्तो अनुभव भईरहेको छ?
यकदम ठिक छ तर साथिभाई ले लाई गरेको लगानी फिर्ता नहुँदा दुख लाग्दो रहेछ। सहकारी सानो सानो व्यवसायको लागि अत्यन्त उत्तम सहयोगि बित्तिय संस्था हो।

•धार्मिक कार्यमा लागेका युवालाई तपाईं के भन्नुहुन्छ?
अघिल्लो जन्ममा पुण्य कर्म गरेका र मातापिताले गरेको सत्कर्मको प्रतिफल नै उनको सन्तान धर्ममा लिन हुनु हो जस्तो लाग्छ। भगवान को आशीर्वाद प्राप्त हुनेमात्र मानव जुनिमा धर्म कर्ममा लाग्छन्। उहाँलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु। धार्मिक जागरणमा थप उर्जा प्राप्त होस् सबै धार्मिक अभियन्ताहरूलाई हार्दिक शुभकामना।

•तपाईलाई राजनीतिक दृस्ठिकोण कस्तो लाग्छ?
समाज परिवर्तन र रूपान्तरण को लागि राजनीति अत्यन्त जरुरी अस्त्र हो तर हिजो आज नेतृत्व गणले यसलाई गन्धा बनाय। यो अस समाजसेवाको मार्ग थियो। स्वयंको  सेवाको मार्ग बनाएकोमा दुखि छु। यो उहाहरूको सुकर्म हैन कुकर्म हो। प्रभुपरमात्माले हिसाब गर्नुहुन्छ। राजनीति लाई सहि दिशामा दिशा निर्देश गर्न अत्यन्त गाह्रो देख्छु।

•बिदेशीएका युवालाई तपाईं के भन्न चाहानुहुन्छ?
नेपाली हामि रहन्छौं कहाँ नेपालै नरहे। स्वदेश फर्केर नेपाली माटोमा पसिना बगाउन सुझाब दिन्छु।

•सरकारले वैदेशिक रोजगारबाट फर्केका युवा लाई कस्ता कस्ता नीति तथा कार्यक्रम गर्यो भने हाम्रो देश कृषि आत्मनिर्भर रहन्छ त?
कृषि उपजमा अनुदान, उध्योग कलकारखाना लाई अत्यन्त न्युन कर, तालिम र नेपालको उत्पादन बिदेशमा निर्यातको ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता। कृषिको र उध्योग को लागि ३ प्रतिशत ब्याज दरमा ॠण प्रवाहा। कृषि उपजको विमा गरेमा सबै सुरक्षित हुन्छन्।

•नेपालमा तिब्र रुपमा बिकास गर्नका लागि सत्तामा रहने राजनीतिक दललाई तपाईं के सुझाव दिनुहुन्छ ?
विकसित मुलुकको सिको गरौं। नेपाली आमाको कसम खाएर आग्रह, पुर्वाग्रह मा नटेकी स्वतन्त्र निर्णय गरौं। आफु अनुशासित हौं, आफु मातहतको सबैलाई अनुशासित बनाऔं।

•तपाईं अब के गर्नुहुन्छ ?
केहि बर्ष अहिलेको दैनिकीलाई निरन्तरता दिन्छु। केहि कमाउँछु त्यसैबाट समाजसेवा गर्छु, धार्मिक कार्यमा संलग्न हुन्छु। आफ्नो कर्मको खासै प्रचार प्रसार गर्दिन।

•अन्त्यमा के भन्नुहुन्छ ?
मेरा बिचार सम्प्रेषण गर्ने अवसर दिनु भयो हार्दिक धन्यवाद हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ