ओखलढुंगा / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश काठमाडौ जिल्ला अन्तर्गत रहेको गोङ्गवु प्रा.स, सीतापाइला प्रा.स,ढुङ्गेअड्डा प्रा.स, मनमैजु प्रा.स, गोलढुङ्गा प्रा.स, कपन प्रा.स डिल्लीबजार प्रा.स को सहयोगमा तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ओखलढुङ्गा अध्यक्ष एकराज धमलाको समन्वयमा ओखलढुंगा जिल्ला सुनकोसी गाउपालिका वडा नम्बर १० कटुन्जेका २ बिधालयका २०७ जना विद्यार्थी भाइबहिनी हरुलाई पौष ७ गते आईतवार का दिन जाडोको समयमा न्यानो कपडा त्रिवेणी धाम संस्कृत गुरुकुल आधारभूत विद्यालयका ३१ जना विद्यार्थीलाई टोपी र ज्याकेट वितरण गरेको थियो। साथै कुशादेवी माध्यमिक विद्यालयका १७६ जना विद्यार्थीलाई झोला, स्विटर, जुत्ता वितरण गरेको थियो।
भनिन्छ नि ” प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै महान हुन्छन।” सोही भनाईलाई मनन गर्दै
यो कार्यक्रमका सहयोगी हातहरू उद्यमी घर, HHD Motors, अनुपम महल, नेकलेट एक्सप्रेस, अनमोल डेरी, निजानन्द भेज क्याटरिङ लगायतको सहयोग रहेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गोङ्गवु प्रासका अध्यक्ष ईश्वर बगाले बताउनु भयो।
कार्यक्रम पौष ७ गते आइतबारका दिन सुनकोशी गाउँपालिका वडा नम्बर १० का कार्यबाग वडा अध्यक्ष निलराज पराजुलीको प्रमुख अतिथितामा तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय सदस्य भीम बगालको विशेष अतिथितामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेश्वर अधिकारी श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौँका पूर्व अध्यक्ष भरतराज मैनाली जिल्ला कार्यसमिति काठमाडौँका सचिव भेषराज भट्टराई प्रकाश निवर्तमान उपाध्यक्ष मनोमोल गजुरेल सह कोषाध्यक्ष दिपेश रिजाल र जिल्ला सदस्य देवराज बजगाईं श्री कृष्ण प्रणामी बाजुराज महिला समिति नेपाल जिल्ला कार्यसमिति काठमाडौँका सदस्य बिमला बगाले कार्यक्रममा गोङ्गवु प्रा.स अध्यक्ष इश्वर बगाले उपाध्यक्ष अमोज दाहाल ढुङ्गा अड्डा प्रा.स अध्यक्ष माया रिजाल सीता पाइला प्रा.स अध्यक्ष कमल अधिकारी नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा ली का संञ्चालिका शोभा तिमल्सिना बजगाई लगायत स्थानीय हरुको बाक्लो उपस्थिति थियो।
साथै ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १० मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति कटुन्जेेको पुनर्गठन गरिएको थियो। प्रा.स नबनिर्वाचित अध्यक्ष पार्वती दाहाललाई शुभकामना ब्यक्त गर्दै नेपाल अलिबाबा ट्रेक एण्ड टुर्स प्रा ली का संञ्चालिका शोभा तिमल्सिना बजगाईले मन्दिरलाई हार्मोनियम र ढोलक प्रदान गर्ने प्रतिबद्दता जनाउनु भएको थियो।
कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गोङ्गवु प्रा.स का अध्यक्ष ईश्वर बगाले सभापतित्वमा सम्पन्न भएको थियो।










