सन्तोष बजगाई
काभ्रेपलान्चोक/ काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर ३ साविक ढुंखर्क गाविस वडा नम्बर १ ठुलाचौरमा अवस्थित श्री बेथानचोक नारायण आधारभुत विद्यालय को ६४ औं वार्षिक उत्सव २०८१ साल पौष ९ गते मंगलवार सम्पन्न भएको हो।
कार्यक्रम बेथानचोक गाउपालिका का अध्यक्ष भगवान अधिकारी को प्रमुख अतिथित्यमा तथा बेथानचोक गाउपालिका का निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना को विशेष अतिथि बेथानचोक गाउपलिका वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकाल विशिस्ट अतिथिमा सम्पन्न भएको थियो।श्री बेथानचोक नारायण आधारभुत विद्यालयका पुर्व प्रधानध्यापक तथा शिक्षक बेदप्रसाद तिमल्सिना, केदारनाथ तिमल्सिना सस्थापक गेणप्रसाद तिमल्सिना बेथानचोक नारायण आधारभुत विद्यालयका ब्यस्थापन समिती का सदस्य अमृत बजगाई पुर्व अध्यक्ष कृष्ण प्रसाद आचार्य शिक्षक अभिभावक संघका अध्यक्ष बिनोद बि.क बेथानचोक गाउपालिका वडा नम्बर ३ का सदस्य बलराम बजगाई, बासु तिमल्सिना समाजसेवी रमेश प्रसाद तिमल्सिना पुर्व विद्यार्थी भगवान आचार्य शिक्षक अभिवाबक समाजका लब्दप्रतिष्ठित ब्यक्तिहरु लगायतहरुको बाक्लो उपस्थित रहेको थियो।
बेथानचोक नारायण आधारभुत विद्यालयले पुर्व प्रधानध्यापक तथा पुर्व शिक्षक बेदप्रसाद तिमल्सिना ले २०७९/८० को अक्षयकोष बाट ९ जना गरिव तथा ज्यानदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नु भएको थियो।
कार्यक्रम श्री बेथानचोक नारायण आधारभुत विद्यालयले विद्यालय का सस्थापक तथा काभ्रेको दक्षिणी भेगका मुखिया बालकृष्ण घिमिरे को साईली छोरी नेत्रकुमारी सापकोटा सस्थापक गेणप्रसाद तिमल्सिनालाई प्रमुख अतिथी बाट संमान गरेको थियो।
कार्यक्रम श्री बेथानचोक नारायण आधारभुत विद्यालय का सस्थापक तथा काभ्रेको दक्षिणी भेगका मुखिया बालकृष्ण घिमिरे को साईली छोरी नेत्रकुमारी सापकोटा को सभापतित्वमा सम्पन्न भएको थियो।













