देश भरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला उद्यमी घरमा पौष १३ बाट सुरु

ललितपुर / उद्यमी घरमा हिजो १३ गतेदेखी चलेको कार्यक्रम “उद्यमी भान्सा घरकाे शुभारम्भ कार्यक्रम”काे माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारीज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। २०८१ पुस १३ देखि २२ गते १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली माटो, मन, मस्तिष्क, उत्पादनमा समृद्धिको ठूलो सम्भावना रहेको बताएकाे छ ।उनले सार्वजनिक निकायमा स्वदेशी बस्तु प्रयोग सम्बन्धि कार्यविधि २०८१ पारित भइ राजपत्रमा प्रकाशनको तयारीमा रहेको बताउँदै राजपत्रमा प्रकाशन लगातै कार्यान्वयनमा आउने जानकारी दिए ।

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले उद्यमी घरको यो प्रयत्न साना तथा घरेलु उद्योगका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले यस्ता मेलालाई देश व्यापी रुपमा संचालन गरेर विकास र विस्तर गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले एकै ठाउँमा नेपालभरका उत्पादन स्वदेशी तथा विदेशी ग्राहकलाई उपलब्ध गराउने काम गरेकोमा उद्यमी घरलाई आभार व्यक्त गरेका थिए।

उद्यमी घरका सञ्चालक दिपक कार्कीले नेपाली कला संस्कृतिको प्रवर्द्धनका साथै देशैभरका उद्यमीहरुको उत्पादनलाई प्रवर्द्धन गरी रोजगारीको अवसर सृजना गर्ने काम गर्दै आएको जानकारी गराएका छन।

उनले उद्यमी घरमा ६ वटै तल्लामा नेपाली परम्परागत तथा घरेलु उत्पादनलाई समेटिएको बताउँदै स्थानीय स्तरमा उपयोगमा आउन नसकेका धेरै सम्भावना भएका स्रोत साधनलाई उपयोग गरि आर्थिक समृद्धिका लागि सृजनशील काम गरेको बताए । उनले घरेलु तथा साना उद्योगका छाता संघसंस्थाहरुलाई नीतिगत विषयमा आवाज उठाउन आग्रह गरेका छन ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ