बेथानचोक नारायण आधारभुत विद्यालयका १२२ विद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण कार्यक्रम सम्पन्न…

सन्तोष बजगाई
काभ्रेपलान्चोक/ काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक वडा नम्बर ३ साविक ढुंखर्क गाविस वडा नम्बर १ ठुलाचौरमा अवस्थित श्री बेथानचोक नारायण आधारभुत विद्यालय का १२२ विद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण कार्यक्रम पौष १७ गते सम्पन्न भएको थियो।

कार्यक्रम बेथानचोक गाउपालिका का अध्यक्ष भगवान अधिकारी को प्रमुख अतिथित्यमा तथा बेथानचोक गाउपालिका कार्यपालिका सदस्य रेणुका परियारको विशेष अतिथित्यामा तथा समाजसेवी तथा हामी सबैका लोकप्रिय ब्याक्तित्व आर्जु केसिको विशिस्ट अतिथिमा सम्पन्न भएको थियो। श्री बेथानचोक नारायण आधारभुत विद्यालयका सस्थापक गेणप्रसाद तिमल्सिना बेथानचोक नारायण आधारभुत विद्यालयका ब्यस्थापन समिती पुर्व अध्यक्ष केशब प्रसाद तिमल्सिना शिक्षक अभिभावक संघका अध्यक्ष बिनोद बि.क पुर्व विद्यार्थी शिक्षक अभिवाबक समाजका लब्दप्रतिष्ठित ब्यक्तिहरु लगायतहरुको बाक्लो उपस्थित रहेको थियो।

बेथानचोक नारायण आधारभुत विद्यालयमा समाजसेवी तथा हामी सबैका लोकप्रिय ब्याक्तित्व तथा कार्यक्रमका विशिस्ट अतिथी समाजसेवी आर्जु केसि ले १२२ बिद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण गर्नुभएको थियो।

कार्यक्रम श्री बेथानचोक नारायण आधारभुत विद्यालयका ब्यस्थापन समितिका अध्यक्ष मोहनकृष्ण तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

Exif_JPEG_420

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ