राजनीतिमा परिवर्तन ल्याउन नयाँ पुन अध्यक्षमा राणा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेथानचोक गाउँपालिका पार्टी कमिटीको दोस्रो पूर्ण बैठकले नयाँ नेतृत्व चयन गर्दै राजनीतिक परिवर्तनको दिशा निर्धारण गर्ने संकल्प लिएको छ। बैठकमा सर्वसम्मत रुपमा नयाँ पदाधिकारीहरूको चयन गरिएसँगै, पार्टीको आगामी कार्यकालमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
दोस्रो पटक अध्यक्षको पदमा चयन भएका क. ताराराना तिमल्सिनाले पार्टीको आगामी रणनीति र उद्देश्यहरूमा स्पष्टता ल्याउने बताएकि छन्। पार्टीले जनताको जीवनस्तरमा सुधार ल्याउन र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्नको लागि नयाँ योजनाहरूमा काम गर्ने उनले बताएकिछन्।
पदाधिकारीहरूको नयाँ टोलीको संरचना यसप्रकार रहेको छ:
• अध्यक्ष:ताराराना तिमल्सिना
• उपाध्यक्ष: प्रेम तामाङ
• उपाध्यक्ष: कृष्ण वि.क
• सचिव: जगत लामा
• सह सचिव:  चुणामणि तिमल्सिना
• कोषाध्यक्ष:  बेद प्रसाद तिमल्सिना
नयाँ नेतृत्वले समाजमा सकारात्मक परिवर्तन ल्याउने र पार्टीको विचारधारामा प्रतिबद्ध रहन सफलता प्राप्त गर्ने  युवाहरुले विश्वास व्यक्त गरेका छन्। जिल्ला पार्टी संयोजक भोला अर्यालले कार्यकालको लागि शुभकामना दिँदै, राजनीतिक परिवर्तन र विकासको नयाँ युगतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत  गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ