चीन भ्रमणमा प्रधानमन्त्री ओली, एससिओ सम्मेलनमा सम्बोधन र द्विपक्षीय भेटवार्ता जारी

काठमाडौँ  :- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा जारी शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, विपद् व्यवस्थापन, विकास–समृद्धि, सहकार्य, विश्व शान्ति र हिमालदेखि समुदायसम्मको सुरक्षा जस्ता विषयमा जोड दिनुभयो।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरिरहनुभएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ