बुटवल–भैरहवा–इटहरी क्षेत्रमा कर्फ्यू आदेश, सर्वसाधारणलाई घरमै बस्न आग्रह

काठमाडौं । बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आज साँझ ४ बजेदेखि राति १० बजेसम्मका लागि दुवै शहरका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।

त्यसैगरी, सुनसरीको इटहरीमा ‘जेन-जी’ प्रदर्शन दौरान २ जनाको मृत्यु र उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएपछि स्थिति असामान्य बनेको थियो। अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले इटहरीमा पनि कर्फ्यू लगाएको छ।

यसबीच, जेन-जी युवाहरू उपमहानगरपालिका कार्यालय परिसर र वरपरका क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ