काठमाडौँ । नेपालमा अन्तरिम सरकार गठन भएको छिमेकी मुलुक भारतले स्वागत गरेको छ।
शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको पदभार सम्हालेसँगै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ सरकारप्रति समर्थन जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई स्वागत गर्दछौँ। यो कदमले नेपालमा शान्ति र स्थिरता कायम गर्न सहयोग पुर्याउने हामीलाई विश्वास छ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र तथा दीर्घकालीन विकास साझेदारको रूपमा नेपालसँग दुवै देश र जनताको हितका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन्।










