अमेरिकाबाट नयाँ प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौँ। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा गत हप्ताका दुःखद् घटनापछि आएको शान्तिपूर्ण समाधानप्रति प्रशंसा गर्दै लोकतान्त्रिक प्रतिबद्धताको सराहना गरिएको छ। विज्ञप्तामा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूले देखाएको भूमिका उल्लेख गर्दै नेपालप्रति सहानुभूति र समर्थन प्रकट गरिएको छ।

यस्तै, नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणलाई सहज बनाउन र शान्तिपूर्ण नागरिक सरकार पुनःस्थापना गर्न पुर्‍याएको योगदानलाई पनि दूतावासले सम्मान गरेको छ।

दूतावासले अन्तरिम सरकारले आगामी महिनामा निर्वाचनको तयारी गर्ने क्रममा अमेरिकाले नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ