संसद् सचिवालय : प्रदर्शनबाट लगिएका सामान छिट्टै बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ।

आन्तरिक सेवा तथा योजना शाखामार्फत आज जारी गरिएको सूचनामा सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन लगायतका विद्युतिय उपकरण अनधिकृत व्यक्तिले लगेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।

सचिवालयले ती सामग्री फिर्ता गर्न आग्रह गर्दै, “उक्त मालसामान लगिएको दृश्य सामग्री (भिडियो) उपलब्ध गराएमा सहयोग हुनेछ। सो जानकारी दिने व्यक्तिको परिचय गोप्य राखिने छ,” भनी आह्वान गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ