तिलगङ्गा आँखा अस्पतालमा प्रधानमन्त्री कार्कीको स्वास्थ्य परीक्षण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज तिलगङ्गा आँखा अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले आँखा जाँचका लागि अस्पताल भ्रमण गर्नुभएको हो।

वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइटले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ।

तीन महिनाअघि मोतिबिन्दुको शल्यक्रिया गराएकी प्रधानमन्त्री कार्की पछिल्लो समय नियमित परीक्षणका लागि अस्पताल पुग्दै आएकी अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ