बागमती प्रदेशसभाका सभामुखले राजीनामा दिए

हेटौडा
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन् ।

सभामुख पाठकले सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक राजीनामा पत्र पठाएका हुन् ।

आफ्नो पदबाट राजीनामा दिँदै राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएको राजिनाममा पत्रमा उल्लेख छ । पाठक राप्रपाबाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।

पाठकले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा पाठकले ‘भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँको थिए तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संबिधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको उल्लेख छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ