राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संघीय संसद्का दुवै सदनबाट यसअघि पारित गरिएको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पठाइएको थियो । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ