सडक अवस्थाबारे जानकारी लिन मन्त्री घिसिङ सूर्यविनायक–धुलिखेल खण्डमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल–खावा सडक खण्डको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए ।

छलफलमा उनले चाडपर्वलाई ध्यानमा राख्दै सडकका खाल्डाखुल्डी तुरुन्त मर्मत गरी यातायात आवतजावत सहज बनाउन निर्देशन दिए । साथै, आयोजनासम्बन्धी बाँकी विषयमा तत्काल निर्णय गर्न, आवश्यक जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन र चालु आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ