२२ अर्बभन्दा बढी क्षतिको बीमा दाबी पेश, जेनजी आन्दोलन प्रमुख कारण

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको क्षतिबाट करिब रु २२ अर्ब २५ करोड ६५ लाख बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी बागमती प्रदेशमा परेको छ, जहाँ मात्रै रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको क्षतिको दाबी पेश भएको छ।

प्राधिकरणका तथ्यांकअनुसार कूल १८ वटा बीमा कम्पनी (माइक्रो इन्स्योरेन्ससहित) मा जम्मा दुई हजार ४७८ दाबी दर्ता भएका छन्। तीमध्ये एक हजार ३४३ दाबी बागमती प्रदेशमा मात्र परेका छन्।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनीलगायतका घटनाबाट ठूलो क्षति भएको प्राधिकरणले जनाएको छ। निजी सम्पत्तिमा भएको क्षति सम्बन्धी दाबीहरू बढी आएका छन्।

बीमा कम्पनीमध्ये सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ, जसको रकम रु ५ अर्ब २२ करोड ९८ लाख बराबर छ। त्यसपछिको ठूलो दाबी सिद्धार्थ इन्स्योरेन्समा परेको छ, जसको परिमाण रु ५ अर्ब ८ करोड २८ लाख बराबर रहेको प्राधिकरणले जनाएको छ।

बीमा प्रकारअनुसार सम्पत्ति बीमा ५३८, मोटर बीमा १,७७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम १३२, परिवहन बीमा ११ र अन्य १९ दाबी दर्ता भएका छन्।

प्रदेशगत विवरणअनुसार, कोशीमा ३२२, मधेशमा २४६, बागमतीमा १,३४३, गण्डकीमा १८४, लुम्बिनीमा २०२, कर्णालीमा २२ र सुदूरपश्चिममा १५९ दाबी दर्ता भएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ