सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा हालै ६ हजारभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका अनुसार असोज १० देखि कात्तिक १७ सम्मको अवधिमा कुल ६ हजार २१२ जना नयाँ मतदाता नामावलीमा सूचीकृत भएका हुन्।

थपिएका मतदातामध्ये ४ हजार ८३ पुरुष, २ हजार १२७ महिला र दुई जना अन्य छन्। जिल्लागत विवरणअनुसार कैलालीमा १ हजार ८४८ जना, कञ्चनपुरमा १ हजार ५९३ जना, अछाममा ६२५ जना, बझाङमा ५४२ जना, बैतडीमा ४४८ जना, बाजुरामा ३४३ जना, डोटीमा २४५ जना र डडेलधुरामा १९१ जना नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन र अद्यावधिकको म्याद कात्तिक ३० गतेसम्म कायम गरेको छ। यस अवधिभित्र १८ वर्ष उमेर पूरा गरी नागरिकता प्राप्त गरेका तर नामावलीमा नाम नसमेटिएका नागरिकहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ