गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर तथा प्रजातन्त्रका प्रमुख अग्रदूत गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइँदै छ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो। खानदानी परिवारमा जन्मिए पनि उनले विसं १९९७ मा स्थापित नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्‌मा आवद्ध भएर राणा शासनविरुद्ध आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव उनले अस्वीकार गर्दै आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सारे, जसले नेपाली राजनीतिमा त्याग र सिद्धान्तप्रतिको उच्च प्रतिवद्धताको उदाहरण प्रस्तुत गर्‍याे।

गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस तथा यसको भ्रातृ र शुभेच्छुक संगठनहरूले आज विभिन्न सम्मान तथा स्मरण कार्यक्रमहरू आयोजना गर्ने जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ