एमाले उपमहासचिव ज्ञवालीको दाबी—‘पार्टी संगठन लयमा फर्कियो, जनसमर्थन बढ्दो’

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक संरचना पुनः लयमा फर्किएको दाबी गरेका छन्। काठमाडौँमा आइतबार जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको बागमती प्रदेशस्तरीय विशेष बैठकलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दलहरू अलमल र दिशाहीन अवस्थामा रहेका बेला एमाले मात्र जनतामाझ पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए।

ज्ञवालीका अनुसार जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्ला स्तरमा आयोजित जनप्रदर्शन र सभाले एमालेप्रतिको जनसमर्थन थप मजबुत बनेको छ। जनस्तरमा देखिएको उत्साहले पार्टी संगठन ऊर्जा प्राप्त गर्दै गएको उनले उल्लेख गरे।

बैठकमा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटी इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेत र काठमाडौँ इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते हुने स्वयंसेवक राष्ट्रिय भेला तथा मंसिर ६ गते काठमाडौँमा आयोजना हुने विशेष प्रदर्शनका तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ