चुनावमा सहभागी हुन ५६ दलले निवेदन दिए, २५ नयाँ दल दर्ता प्रक्रियामा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहभागी हुन ५६ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्। चुनावमा सहभागिताबारे औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो निर्वाचन आयोगमा दल दर्ता निवेदन पेश गरेको छ।

निर्वाचन आयोगका अनुसार अहिले सम्म १ सय ३२ दल दर्ता भइसकेका छन्, जसमा १५ नयाँ दल रहेका छन्। यस्तै २५ नयाँ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ। आयोगले दल दर्ताका लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ