गृहमन्त्री अर्याल: निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतुर छ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न उत्सुक रहेको बताएका छन्। लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सुशासनको आधार सुदृढ गर्दै स्थिर सरकारलाई मार्ग प्रशस्त गर्ने उद्देश्य सरकारको प्राथमिकता रहेको बताए।

गृहमन्त्री अर्यालका अनुसार मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकारले महत्वपूर्ण प्रगति हासिल गरेको छ, जसका कारण भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ।

सुशासन र भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सरकार गठन भएको उल्लेख गर्दै उनले त्यतिबेलाको त्रासदीपूर्ण अवस्थालाई पार गर्दै सुरक्षा स्थिति स्थिर बनाउन सरकार सफल भएको दाबी गरे।

उनले भने, “अहिलेको सामान्य वातावरण कायम गर्न सबैको निरन्तर प्रयासको ठूलो भूमिका छ। अब निर्धारित समयमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हाम्रो लक्ष्य हो।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ