एमालेले ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो र प्रभावकारी बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने जानकारी दिए। यसअघि, १०औं राष्ट्रिय महाधिवेशनमा पनि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।

महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको सङ्ख्या घटाउने प्रस्ताव पारित गरेको थियो।

एमाले महाधिवेशन २०७८ मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने छ, र करिब २,200 प्रतिनिधिहरूको सहभागिता रहनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ