कांग्रेसले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलायो

काठमाडौँ । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले ७७ जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ। समितिले बुधबार बिहान ८ बजेका लागि बैठकको आयोजना गरेको हो।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिँदै भने, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठकको आयोजना गरिएको हो।

बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणबारे छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ