काभ्र । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका रुपमा सिफारिस भएका छन्।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए।
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब. पसखल, बिदुर बस्नेत, रसिला खनाल (महिला) र समानुपातिक तर्फ हर्षजित लामा (आ.ज.), ललिता किङरिङ (आ.ज. महिला), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग) र बाबुराम गिरी (अल्पसंख्यक)लाई सिफारिस गरिएको छ।
त्यसैगरी, राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको हो।










