काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि उज्बेकिस्तानका नवनियुक्त राजदूत सरदोर मिर्दायुसुभोभिच रुस्दाम्बेइभ, र रोमानियाका राजदूत सेना लेटिफले छुट्टाछुट्टै समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
त्यसैगरी, ताजिकिस्तानका राजदूत लुकमन बोबोकालोन्जोदा, आइसल्यान्डका राजदूत बेनेडिक्ट होसकुल्डसन, र क्युवाका राजदूत जुआन कार्लोस मार्सन अगुइलेराले पनि ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।










