पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकासका लागि जनताको तागतको आवश्यकता औँल्याए

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको शक्ति अपरिहार्य रहेको बताएका छन्।

सोमबार गोरखाको गण्डकी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीको पालिकास्तरीय एकता सन्देश सभामा बोल्दै उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई अपनाउनु पर्ने आवश्यकता बताउँदै देशलाई प्रगति र समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए।

देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने उनले स्पष्ट पारे। उनले भने, “दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन। जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ।”

यसका साथै उनले नेपालमा युवाको भविष्य नष्ट हुने वा देशको प्रगति असम्भव हुने भन्ने धारणा भ्रम मात्र भएको पनि बताए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ