निर्वाचनको समयमा  गरेका  प्रतिबद्धता पूरा गरिरहेको छु : इन्द्रबहादुर थिङ अध्यक्ष

खानीखोला । खानिखोला गाउँपालिकाको आयोजनामा र रेयुकाइ एइको मासुनागा आखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा दयागाउ सामुदायिक स्वास्थ इकाइको उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङको प्रमुख आतिथ्यमा सम्पन्न सिबिरमा १३० जनाले आँखा सेवा लिएका थिए। यस अवसरमा, अध्यक्ष थिङले गाउँपालिकाले सधैं जनसेवामा अग्रसर रहँदै चुनावको समयमा गरेका वचन पूरा गरेको उल्लेख गरे। उनले तीन वर्षअघि गरेको “दयागाउमा एक घर एक धारा” परियोजना र गाउँमा विद्युतीकरण काम पूरा भएको बताए ।

अध्यक्ष थिङले यातायातको सुविधा भएपछि गाउँको उत्पादनलाई बजारमा लगेर बेच्ने र शहरको पैसा गाउँ ल्याउने महत्व पनि उल्लेख गरे । गाउँपालिका स्वास्थ्य प्रमुख रामपुकार यादव र पूर्व वडा अध्यक्ष ज्ञानबहादुर लामाले स्वास्थ सेवा जनताको घर दैलोमा पुग्न पाएको खुशी व्यक्त गरे ।

आँखा सिबिर र सामुदायिक स्वास्थ इकाइको उद्घाटन खानिखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सन्तबहादुर थिङको सभापतित्वमा सम्पन्न भएको थियो। यस अवसरमा श्री देबिस्थान आधारभूत विद्यालयका करिब ७० विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ